कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध



काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध भएकी हुन्।

समितिका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापा निर्विरोध बनेको घोषणा गरे।

यसअघि समितिको सभापति रहेकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि रिक्त पदमा थापाको पालो आएको हो।

समितिको सभापति बन्न कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो।

प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार  ९ : १९ बजे