काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ । बजारमा झिनो अंकले करेक्सन आए पनि २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
हिजो ६४ अंकले बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । आज ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता शेयर कारोबार भएको छ ।
बिहीबार बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३.६९ प्रतिशत तथा निर्जीवन बीमा १.७४ प्रतिशत बढ्यो । लगानी २.७४, फाइनान्स १.७७, होटल तथा पर्यटन ०.३५ प्रतिशत बढेयो ।
बैंकिङ १.३९, विकास बैंक ०.७९, हाइड्रोपावर १.९० उत्पादन १.०४, माइक्रोफाइनान्स ०.८२, अन्य ०.२२ तथा व्यापार समूह ३.५४ प्रतिशत घटे । समग्र बजार घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।