भारतमा केरलापछि हिमाचल र उत्तराखण्डमा बाढी र पहिरो,कम्तिमा ५० जना बेपत्ता



१७ साउन, काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ ।

हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् ।

यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

हिमाचल प्रदेश सरकारका एक मन्त्री जगत सिंहले सिमला जिल्लाको सरपारा गाउँमा मात्रै ३६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार  ६ : ४४ बजे