काठमाडौं-तराईमधेस द्रुतमार्ग धेद्रे सुरुङको ‘ब्रेक थ्रु’



बकैया । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराईमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखाधेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्।

निजगढ–काठमाडौंतर्फको १.६५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको छ ।

यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ । २१ बैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  १ : ५५ बजे