सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घट्यो



काठमाडौं ।स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ०३ बजे