साताको अन्तिम कारोबारको दिन ६.७ अंकले बढ्यो नेप्से



२४ साउन, काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ६.७ अंक बढेको छ भने २० अर्ब ७ करोडको कारोबार भएको छ ।

७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । बैंकिङ ०.५५, विकास बैंक ०.६७, फाइनान्स ०.४२, होटल तथा पर्यटन १.२७, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.४४ तथा अन्य समूह ०.५५ प्रतिशत घटे । लगानी १.३३, हाइड्रोपावर ०.८७, निर्जीवन बीमा ०.०७ तथा ब्यापार समूह ०.४७ प्रतिशत बढे ।

बिहीबार कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार  ६ : ४१ बजे