सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिया बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ११ : ३१ बजे