काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।सोही क्रममा पछाडिबाट आएको ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरसहित चालकलाई घिसारेको थियो ।
सोही क्रममा महिलाको मृत्यु भएको हो । अवस्था तनावपूर्ण भएपछि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।
मृतक महिलाको परिचय खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।










