काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो।
संसदीय सुनुवाइपछि उनी राजदूत नियुक्त हुनेछिन्।
त्यसपछि परराष्ट्र सचिवको जिम्मेवारीमा अमृत राई बढुवा हुनेछन्। राई अहिले प्रवक्ता छन्।
लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन्।
लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन्।
उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन्।










