५९ सहसचिवको एकैपटक सरुवा



काठमाडौँ– सरकारले एकैपटक ५९ जना सहसचिवको सरुवा गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी कर्णाली प्रदेश प्रमुख कार्यालयमा पठाइएको छ।

भन्सार विभागका महानिर्देशक ढुण्डिप्रसाद निरौलाको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक कमलराज भट्टराई राष्ट्रिय सुचना आयोगमा जाने भएका छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढा राष्ट्रिय सुरक्षा परिषद् जानेछन।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयमा सहसचिवहरूको सरुवा गरिएको हो।

प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार  ३ : ०९ बजे