काठमाडौँ– रुसको कामचटका क्षेत्रको पूर्वी तटमा ५१ किलोमिटर (३२ माइल) गहिराइमा ७.२ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य विज्ञान केन्द्र (इएमसी) ले शनिबार जनाएको छ।
रुसको कामचटका क्षेत्रमा रहेको सिवालुच ज्वालामुखी देशको पूर्वी तटमा ७ म्याग्निच्युडको भूकम्प गएपछि विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्।
टास समाचार एजेन्सीले रुसी एकेडेमी अफ साइन्सेसको सुदूर पूर्वी शाखाको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानलाई उद्धृत गर्दै ज्वालामुखीले खरानी र लाभा निस्कन थालेको बताएको छ।
शिवलुच ज्वालामुखी विष्फोट हुन थालेको भन्दै वैज्ञानिकहरुलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ,‘ दृश्य मूल्याङ्कनका अनुसार खरानीको प्वाल समुद्री सतहबाट आठ किलोमिटर माथि बढिरहेको छ।’
यसअघि अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भूकम्पबाट सुनामीको खतरा रहेको बताएको थियो। तर रुसको आपतकालीन मन्त्रालयको कामचाटका शाखाले सुनामीको खतरा नरहेको बताएको छ।














