देउवाले लिए कांग्रेसका १२ मन्त्रीसँग ‘ब्रिफिङ’



काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि कांग्रेसले हिजो (शनिबार) आफ्ना मन्त्रीहरुसँग छलफल गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बेलुका ५ बजेबाट सुरु भएको छलफल राति १० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई राज्यमन्त्रीसहितका कांग्रेसका १२ जना मन्त्रीहरु थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार दिउँसो छलफल गरेपछि कांग्रेसका सभापति देउवाले मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएर ब्रिफिङ लिएका हुन्। मन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, योजना र समन्वयलगायतका विषयमा छलफल गरेको बताइएको छ।

शेरबहादुर देउवाले ओलीसँग भेटेलगत्तै कांग्रेसका मन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाएका थिए। शनिबार साँझ ५ बजेटबाट सुरु भएको कार्यक्रम राती १० बजेसम्म चलेको थियो। मन्त्रालयका कामकाज र समस्याका विषयमा सभापति देउवालगायतलाई मन्त्रीहरूले ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए।

सो बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि सहभागी थिए । पार्टी र मन्त्रीहरुबीच समन्वय बढाउनका लागि छलफल सुरु गरिएको बताइएको छ ।

प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार  २ : ०२ बजे