काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
रास्वपाले गत साउन ३० मा साधारण सदस्यबाट किन निष्कासित नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ मुकुलले साउन ३१ गते दिइसकेका छन् । उनले जवाफ सामाजिक सञ्जालमा पनि राखेका छन् ।














