काठमाडौं । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत सहज कर्जा सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौता अनुसार इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट बिनै रु. २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि सहज कर्जा उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने सहज कर्जा सुविधामा लागुहुने थप सर्तहरुबारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिनेछ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।











