तनहुँ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ।
शुक्रबार बिहान आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु भएका १४ शव निकालिएको प्रहरीले जानकारी दिएको हो।
पोखराबाट काठमाडौँका लागि प्रस्थान गरेको भारतीय नम्बर यूपी ५३ एफडी ७६२३ दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका १६ जना उद्धार भएको छ।
अहिले उद्धार कार्य जारी छ।










