काठमाडौं, ७ भदौ । परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा र नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको प्रस्तावप्रति आपत्ति जनाएका छन्। शर्माले राष्ट्रपतिको लागि एक कार्यकाल, प्रधानमन्त्रीको लागि दुई कार्यकाल, मन्त्रीको लागि तीन कार्यकाल र सांसदको लागि चार कार्यकालको एक्जिट पोलिसीको कुरा उठाएका थिए ।
तर, जारी केन्द्रीय कार्यसमितिको बैकठमा नेतृ राणाले शर्माको प्रस्तावको विरोध गरिन् । उनले जनताबाट जित्ने कुरामा एक्जिट पोलिसी लागु गर्न नहुने भन्दै जनताबाट अनुमोदन भए जतिपटक भएपनि हुने धारणा राखेकी छिन् ।
यस्तै, उनले अहिले पार्टीभित्र अनुशासन नदेखिएको भन्दै तत्काल अनुशासन कायम गर्न जोड दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । राणाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि अनुशासन अनिवार्य शर्त भएकोले त्यो कायम हुनुपर्नेमा जोड दिईन् । उनले पार्टीभित्र हुने गरेको अन्तरघात पनि रोकिनुपर्ने बताईन् ।
तेस्तै बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको ‘एक्जिट पोलिसी’को आलोचना गरेका हुन्। उनले भने, ‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी अपरिपक्व छ, अव्यावहारिक छ।’कार्कीले जनताले चाहेसम्म जो जति पटक पनि चुनाव लड्न सक्ने बताए ।उनले अन्तरघात संगठित रूपमा बढ्न थालेको भन्दै यसलाई रोक्ने काम गर्नुपर्ने खाँचोसमेत औँल्याए।
महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको प्रस्तावप्रति जारी केन्द्रीय कार्यसमितिको बैकठमा आरजु राणा र ज्ञानेन्द्रबहादुर कार्कीले दुबैले शशक्त प्रतिबाद गरेका छन् । सभापति देउबाले महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गराउने तयारि गरिरहेको कांग्रेसका उक नेताले बताएका छन् ।














