यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अमेरिकी डलर एकको खरिद दर १३३।९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।५३ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८।८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९।५० रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५।७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६।५५ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९०।१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५।६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।८५ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३०।६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०।७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार  ६ : ५५ बजे