मुग्लिङ-नारायणगढ बस दुर्घटना : १७ जना घाइते, २को अवस्था गम्भीर



चितवन– मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइते हुनेहरूको नामावली

१.जि।कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।

२.जि।कैलाली चिसापानी न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।

३.जि।कैलाली चिसापानी न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि।क।सामान्य ।

४.जि।कैलाली चिसापानी न.प.३।बस्ने बस्ने वर्ष २७ की कृष्णा वि।क।सामान्य ।

५.जि।कैलाली चिसापानी न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि।क।मध्यम ।

६.जि।कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।

७.जि।कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।

८जि।कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।

९.जि।बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।

१०.जि।कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।

११.जि।कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।

१२.जि।दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।

१३.जि।कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।

१४.जि।बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।

१५.जि।कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।

१६.जि।डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।

१७.जि।चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।

प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार  १० : २६ बजे