एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध



काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् ।आज बिहान उक्त पदका लागि घनेन्द्र बस्नेतले र पाण्डेले उम्मेदवारी दर्ता गराएकोमा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्ड सर्वसम्मत चयन भएका हुन् ।

समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज बिहान उम्मेदवारी दर्ता भइसकेको छ । आज हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा महिलातर्फबाट रामकुमारी झाक्री र जयन्तीदेवी राईले उम्मेदवारी दिएका छन् ।निर्वाचन समितिका प्रमुख माधव पौडेलका अनुसार पाण्डे निर्विरोध भएका छन् ।

उपमहासचिव पदमा एकजनाले नाम फिर्ता लिएका छन् । उमेदवारी फिर्ताको समय दिउँसो १ः३० बजेसम्म थप्ने तयारी समितिको छ ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  १ : ११ बजे