मंगलबार १११.९६ अंकले घट्यो नेप्से



काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकले द्यटेको छ । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म ३.८६ प्रतिशतले घट्दै २७८२.६० विन्दुमा झर्न पुगेको हो ।

कारोबार सुरु हुँदा केही सेकेण्ड बजार हरियो देखिए पनि दिनभर बजारमा बिक्रीकर्ता आत्तिए । जसले गर्दा खरिदकर्ताले चाहेकै मूल्यमा उनीहरूले बिक्री गर्दै गए ।

आज २० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घट्यो ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  ३ : ५९ बजे