भ्रष्टाचारिलाइ उन्मुक्ति दिन पाँच वर्षे हदम्याद ल्याईएको सांसद केसिको दाबि, तत्काल फिर्ता लिन माग



काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाएका छन् । उनले भ्रष्टाचारबाट उन्मुक्ति दिनको लागि यस्तो प्रावधान राखिएको भन्दै तकाल विद्येयक फिर्ता गरिनुपर्ने माग गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले भने,‘पहिलो कुरा भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्ष राख्ने कुरा छ, यो अत्यन्तै दुर्भाग्यपूर्ण छ । यो के को निम्ति ल्याईएको हो रु यो के लोकतन्त्रको निम्ति, सुशासनको निम्ति रु यो सामाजिक न्यायको निम्ति रु यो विकासको निम्ति हो रु यो कसको निम्ति ल्याईएको हो रु यो केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने र त्यसलाई प्रोत्साहन दिन ल्याउने भएको हुनाले यो विद्येयक तत्काल फिर्ता गरोस । यदि यो सरकार सुशासनको पक्षमा छ भने यो विद्येयक फिर्ता गरोस । यदि होईन यसको रक्षाको निम्ति सरकार हो भने संसदभित्र विवेक प्रयोग गर्न दिईयोस । संसारभरि नै विवेक प्रयोग गर्ने दिने कुरा हुन्छ ।’

उनले भ्रष्टाचारका सबै चर्चित काण्डहरुको बारेमा अब प्रधानन्यायाधीश भएको व्यक्तिको नेतृत्वमा न्यायिक आयोग गठन गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार  २ : ५२ बजे