एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को सचिवालय बैठक आज बस्दै छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ ।
यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो ।

पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार  ८ : ३५ बजे