काठमाडौँ– टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेलाई हत्या गरेको अभियोगमा पक्राउ परेका ५१ वर्षीय बबीसिंह शाहले डकैतीको क्रममा गोली हानेको पुष्टि भएको छ।
अदालतको कागजातमा डकैती गर्ने प्रयास गर्दा नियतवश मुनालाई घातक हतियार प्रहार गरी मृत्यु गरिएको उल्लेख छ।
बबी सिंह मंगलबार, सेप्टेम्बर ३ मा अदालतमा उपस्थित हुनेछन्। साथै, उनी विरुद्ध अवैध रूपमा हतियार बोकेको अर्को मुद्दा दायर गरिएको छ। कारमा अवैध रूपमा हतियार बोकेको अभियोगमा बबी सिंह बिहीबार सेप्टेम्बर ५ मा अदालतमा उपस्थित हुनेछन्।
बबी सिंहलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो।
प्रहरीले बुधबार संदिग्धको तस्बिर सार्वजनिक गरेको केही घण्टापछि नै पक्राउ गरिएको हो। सीसीटीभी फुटेजबाट लिइएको तस्बिर राति ९स्४८ मा खिचिएको हो।
सोमबार साँझ मुना पाण्डे आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। ह्युस्टन प्रहरीले साँझ ५ स् ३५ बजे घटनास्थलमा पुग्दा उनलाई मृत फेला पारेको थियो।