काठमाडौं । स्थानिय बजारमा हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











