काठमाडौं । यस वर्षको नाडामा सार्वजनिक भएको टाटा पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ । बहुप्रतिक्षित टाटा पन्च इभी टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले यस वर्षको नाडामा सार्वजनिक गरेको हो ।
नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ्ग भईसकेको छ भने नाडाको अन्तिम दिनसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको सप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए । यस वर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको सिजापतिले बताए ।
टाटा पन्चको शुरुवाति भेरिएन्टको मूल्य ३३ लाख ९९ हजार छ । शुरुवाति भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्छन् । हाल सार्वजनिक मूल्य नाडा सम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा पनि गरेको छ ।