कुमारी बैंक र श्री एयरलाइन्सबिच हवाई टिकटको शुल्कमा आर्कषक छुटको सम्झौता



काठमाडौ । कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूले श्री एयरलाइन्सको टिकट शुल्कमा आर्कषक छुट पाउने भएका छन् ।बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूले श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट÷क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले वित्तिय साक्षरता प्रवद्र्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ५५ बजे