काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो ।
एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।
‘‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइन । मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्च