तीजमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना



काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिलाहरुका खातामा क्यास ब्याक योजना संचालन गरेको छ ।

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला ग्राहकहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई रु. १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको हो । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास लिएकोे बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरता प्रर्वधन गर्दै बैंकिङ्ग सेवा दिदंै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ११ : १५ बजे