ओलीलाई प्रचण्डको जवाफ– जनताको राउण्ड किक् कस्तो हुन्छ देख्नेछन्



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्ने बताएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवस कार्यक्रममा उनले ‘जनयुद्ध’ वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको उल्लेख गरे ।

केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काए । उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ११ : ४० बजे