काठमाडौं , कात्तिक ११ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर दुई लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला तीन हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर तीन हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।










