काठमाडौं । आइतबार सेयर बजार २५.४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ ।
बजार घट्दा कारोबार रकम केही बढेको छ ।आज १० अर्ब १२ करोडको कारोबार भएको छ ।
समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।











