रुसी आक्रमणमा परी युक्रेनको पोल्टावामा मृत्यु हुनेको संख्या ५८ पुग्यो



काठमाडौं । गएको साता पोल्टावा सहरमा गरिएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीनजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५८ पुगेको युक्रेनले आइतबार जनाएको छ ।

सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा गरिएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी हमला थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।

युक्रेनी अधिकारीहरूले मृतकमा कति सैनिक वा नागरिक थिए भन्ने बताएका छैनन् । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भनेका छन्, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीनजनाको अस्पतालमा मृत्यु भएको छ । मृतकको संख्या बढेर ५८ पुगेको छ ।”

उक्त आक्रमणको किभका अन्तर्राष्ट्रिय समर्थकले व्यापक आलोचना गरेका छन् । रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्ट सार्वजनिक भएपछि किभमा केही आक्रोश बढेको छ ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्‍याएका छन् । राससरएएफपी

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ८ : ०० बजे