यस्तो छ, सोमबारको विदेशी मुद्रा विनिमय दर



काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।यसको साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रकाशित मिति : भाद्र २४, २०८१ सोमबार  ९ : १० बजे