ट्रम्प र ह्यारिसको राष्ट्रपतीय बहसअघि उनीहरूका बलिया पक्ष र कमजोरीको लेखाजोखा



काठमाडौं । अमेरिकामा मङ्गलवार दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदैछ तर डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदै छन्।

उक्त बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने छ र त्यसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ।

कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन्, तर डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरिसकेका छन्।

राष्ट्रपतीय बहस कहिले हुन्छ र यसका नियम केके हुन्?

उक्त बहस फिलाडेल्फियामा १० सेप्टेम्बरमा हुन्छ र ईएसटीुअनुसार राति ९ बजे सुरु हुन्छ।

यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो। राष्ट्रपति जो बाइडनले चुनावबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र डोनल्ड ट्रम्पबीच पहिलो बहस भएको थियो।

एबीसी टेलिभिजनबाट प्रसारण हुने दोस्रो बहस एबीसी न्यूज लाइभ, डिज्‍नी प्लस र हुलुुबाट लाइभस्ट्रीमु हुन्छ।बीबीसि बाट

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : ४४ बजे