चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस



काठमाडौँ । चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरिएको छ। सत्ता गठबन्धनमा भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेपछि यादव सिफारिस भएकी हुन्।

अस्ट्रेलियामा यसअघि कांग्रेस कोटाबाटै कान्ता रिजाल सिफारिस भएकी थिइन्। रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परेपछि उनलाई राजदूतबाट फिर्ता लिइएको थियो।

‘यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्न प्रस्ताव गरिएको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ,’ कांग्रेस स्रोतको भनाइ छ।

यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन्।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : २३ बजे