काठमाडौं ।(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्।
सभापति रवि लामिछाने एक कार्यक्रममा सहभागी हुन पोखरा जाने तयारी भएपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् ।
पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।
पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् ।