काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो।उपसभामुखमाथि प्रश्न उठेकाले मार्गप्रशस्त गर्न उपयुक्त हुने कांग्रेसको निष्कर्ष छ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्नेसमेत निर्णय भएको बताए।यो विषयमा कांग्रेस संसदीय दलले आधिकारिक धारणा बनाउने समेत घिमिरेको भनाइ छ।
‘उहाँ (उपसभामुख इन्दिरा रानामगर)माथि गम्भीर प्रश्न उठेको छ। उहाँले त्यस्तो कुनै सिफारिस गर्न मिल्दैन,’ उनले भने, ‘त्यसले संसदलाई नै अपमानित गरेको छ। यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ।’














