ओली-देउवासँग प्रचण्डले भने- संवैधानिक निकायका रिक्त पदमा भोलि नै सिफारिस गरौँ



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त संवैधानिक पदहरूमा भोलिनै सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शुक्रबार बस्ने संवैधानिक परिषद् बैठकको तयारीका लागि ओलीले बोलाएको छलफलमा सहभागी भएका प्रचण्डले यस्तो धारणा राखेका हुन्।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच संवैधानिक परिषद्‍को बैठकका विषयमा छलफल भएको थियो।

‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो,’ प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

यो बाहेकका विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले बताएको छ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  १ : ४५ बजे