साताको अन्तिम दिन उच्च अंकले उकालियो नेप्से



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा उक्लिएको हो ।

बिहीबार २२९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहमध्ये १२ वटाको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  ४ : ३२ बजे