विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यो सँगै कोशी प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।
नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला समूहलाई भने समावेश गराइएको छैन् । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको दूई मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन ।