काठमाडौं । स्थानिया बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ ।














