बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् ।साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित होटल एकसय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे।

‘व्यवसायीहरुले निर्वाध रुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि प्रविधि बनाइसकेका छौँ,’प्रधानन्त्री ओलीले भने, ‘तपाईंहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुने छैन ।’

प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार  ५ : ३० बजे