यो समाचारमा असन्तुलित खानपानबारे व्याख्या छ जसले केही पाठकलाई विचलित बनाउन सक्छ।
तस्बिरको क्याप्शन,भातलगायत धेरै कुराले वजन बढ्छ भन्ने ठानेर साराले सानो छँदा त्यसता खानेकुरा खान चाहन्नथिन्, २५ वर्ष पुगेपछि उनले पुनः भात खान सुरु गरेकी हुन् । ५ फीट ४ इञ्च उचाइ भएकी सारा मिजोगुची किशोरी हुँदा उनको वजन निकै कम थियो।
“म जुन बेला पनि खानेकुराबारे सोचिरहेकी हुन्थेँ र सधैँ भोकै हुन्थेँ। मैले वर्षमा एक दिन आफ्नो जन्मदिनमा बाहेक केक खाँदैन्थेँ। त्यो क्रम तीन चार वर्ष चल्यो। म पटक्कै खुसी थिइनँ।”
अहिले २९ वर्ष पुगेकी साराको जस्तै अवस्था जापानमा धेरैको छ। त्यसैले युवतीहरूमा कम वजन एक गम्भीर समस्या बनेको छ।
सन् २०१९ मा जापानको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणले २०।७ प्रतिशत अर्थात् २० देखि २९ वर्षका पाँच महिलामध्ये एक जनामा बडी मास इन्डेक्स बीएमआई १८.५ भन्दा कम अर्थात् चिकित्सकीय हिसाबमै कम वजन देखाएको थियो। साराको पनि बीएमआईले निर्धारण गरेको दायराभन्दा वजन कम नै थियो।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका मानिसको बीएमआई १८.५ देखि २५ सम्म हुनुपर्ने सुझाएको छ। बीबीसि बाट