महेश बर्तौलाले भने -रास्वपाले फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ



काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै उपसभामुख प्रकरणको आरोप लगाएका छन् । सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताए ।

‘सत्तारुढ घटकहरुको बैठकमा यो कुरा उठेको हो । उपसभामुख भनेको एउटा संस्था हो । यो विषय धेरै बाहिर ल्याउन पनि हामीले उपयुक्त ठानेनौं । एकाएक रास्वपाकै प्रमुख सचेतकबाट फायर खोल्ने काम भयो । एउटा जिम्मेवार राजनीतिक पार्टीको तर्फबाट उपसभामुखजस्तो संस्थाको हुर्मत लिनेगरी कुनै विषय अगाडि बढाउन खोजिएको थिएन, छैन । विशेष गरी माओवादी केन्द्रका प्रमुख सचेतदेखि सबैबाट यो उठेपछि हाम्रो तर्फबाट पनि त्यसमा प्रतिवाद गर्ने काम भयो । यो विषय सत्तापक्षले ल्याएको होईन,’– एमाले प्रमुख सचेतक बर्तौलाले भने ।

प्रधानमन्त्री राष्ट्रसङ्घ जाने तयारी र सदनको अधिवेशन अन्त्य गर्नेबारे छलफल भइरहेका बेला बेमौसमी कुरा निकालेर प्रतिपक्षीले गिजोलेको आरोप उनको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : ३३ बजे