काठमाडौं । प्रभु बैंकले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ती शेरचनबाट गरिएको हो ।
उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको बैंकले जनाएको छ ।
स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै प्रभु बैँक लि. गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरिएको बैंकले जनाएको छ । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास लिएको पनि बैंकले जनाएको छ ।
शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससंग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । वैंंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन ।
हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।