काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आएको छ ।
२६३६ बिन्दुबाट सुरु भएको बजार परिसूचक २५८० बिन्दुमा ओर्लिएर कारोबार रोकिएको छ ।
सोमबार कुल ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।