काठमाडौं, ३१ भदौ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले पुर्ब गृहमन्त्री तथा रास्वपा सभापति रबि लामिछनेलाइ कारबाही सिफारिस गरेको छ । रास्वपाकै सांसद् समेतले हस्ताक्षर गरेको प्रतिबेदनले कारबाही सिफारिस गरेपछी अब लामिछनेमाथी नैतिक प्रश्न उठेको छ।
यसले रास्वपा र यसका सभापति लामिछनेमाथी थप राजनितिक संकट निम्त्याउने ठानिएको छ ।लगातार कमजोर बन्दै गएका लामिछनेमाथी अब पार्टिभित्र पनि दबाब बढ्ने छ ।
महामन्त्री मुकुल ढकाल पार्टिबाट निस्कासित भएपछी लामिछने बिरुद्द खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।लामिछनेमाथी चौतर्फी नैतिक प्रश्न उठ्न थाल्दा अब रास्वपा जोगाउने हो भने पार्टीमा लामिछनेको बिकल्प खोज्नैपर्ने अवस्था आउने राजनितिक जानकारहरु बताउँछन् ।
सहकारिबाट ठगिएका लाखौको बचत फिर्ता नभएसम्म सहकारी ठगी प्रकरणले लामिछनेलाइ कानुनी रुपमा मात्रै होइन जनस्तरमा पनि अफ्ट्यारो पार्ने निश्चित छ।पोखरामा केही दिन अघि मात्रै भएको रास्वपाको कार्यक्रममा सभापती लामिछनेलाइ ठूलो सङ्ख्यामा जम्मा भएका सहकारी पिडितहरुले कालो झण्दा देखाएर बिरोध गरेका थिए।लामिछनेले प्रहरिको घेरा भित्र कार्यक्रम गरेर फर्किनु परेको थियो।
सहकारिबाट लाखौ ठगिएका छन् ।तिनको न्यायको मुद्दा पेचिलो छ।यसलाइ अन्य राजनितिक मुद्दा जस्तै सहज ठान्नु र यसलाइ उच्चस्तरीय राजनितिक सेटिङ्बाट उन्मुक्ती पाइन्छ भन्ने सोच राख्नु बिल्कुल गलत छ।किनकी सहकारी ठगिबाट देशका लाखौ सामान्य नागरिक पिडित छन् ।यो जनताको न्यायको मुद्दा पनि हो। न्याय नपाएसम्म पिडित जनता आफै न्यायका लागि लड्ने छन् ,लडिरहेकै छन् । काठमान्डौका सडकमा सहकारी पिडितहरुले न्यायको आन्दोलन गरिरहेकै छन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निश्कर्ष निकालेको छ । समितिले आज संसद्मा प्रतिवेदन पेश गरिसकेको छ । समितिले शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निश्कर्ष निकालेको हो ।
भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरिएको छ । त्यस्तै, लामिछानेले गोर्खा मिडियाबाट पाएको भनिएको वेट शेयरको सम्बन्धमा कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन भनिएको छ ।
समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको सिफारिससमेत गरेको छ ।
जनताको भलाइका लागि राजनिती गरेको दाबी गर्नेले सामान्य भन्दा सामान्य नागरिकहरुले दुख गरेर सहकारिमा बचत गरेको रकम समेत कुम्ल्याउने र कारबाहि छल्न अनेक प्रपन्च गर्ने हो जनताले राजनितिलाइ हेर्ने दृष्टिकोण कस्तो बनाउलान ? रबी लामिछाने मात्रै नभएर सहकारी ठगिमा पछिल्लो समय अन्य उच्च नेताहरुको समेत सम्लग्नता खुल्दै गएको छ। ती सबैको नियती रबि लामिछानेकै हुने हो,दोषी देखिए कानुनी कारबाही होला । कारबाहिबाट जोगिइहालेपनी जनताको नजरमा तुच्छ साबित भएपछी राजनिति सकिनेनै हो। धेरैको सकिएको देखिएकै छ ।














