गोकुल बाँस्कोटाको व्यंग्य – चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो !



काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने ठोकुवा गर्दै चितवनमा पुन : चुनाब हुने दाबि गरेका छन् ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो दाबी गरेका हुन् ।

सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने बाँस्कोटाको भनाइ छ । पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले व्यंग्य गर्दै चितवनमा फेरि उपचुनाव हुने दाबी गरेका हुन् ।

बास्कोटाले लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : २४ बजे