सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक हुनसक्छ : महामन्त्री थापा



काठमाडौं, २ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज (बुधबार) साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।

आज (बुधबार) मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै थापाले यस्तो खुलासा गरेका हुन् ।

शिक्षा ऐन तत्काल पारित गर्ने कुरा गर्ने क्रममा उनले नीति तथा कार्यक्रम आज सार्वजनिक हुने जानकारी दिएका हुन् । उनले भनेका थिए,‘आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ, त्यो कार्यक्रम बनाइरहेका छौं, त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ।

लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो। सरकारले चाहेर मात्रै हुँदैन। संसदले सँगै काम गर्नुपर्छ। संसदको छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो . महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५५ बजे