बुधबार नेप्से परिसूचक घट्यो, पाँच अर्ब माथिको कारोबार



काठमाडौं । नेप्से परिसूचक बुधबार चार अंकले घटेको छ । नेप्से ०.१५ प्रतिशतले घटेर २५७६.७६ को विन्दुमा पुगेको छ ।

आज एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् ।

विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटयो ।

प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार  ४ : ०५ बजे